अरुणकुमार नेपाली
१७ असार २०८० आइतबार
दाङ— टिनको जस्ताले छाएको साघुँरा तीन कोठाको भनव ।दिनहु कामको चाप उत्तिकै छ ।वडाका जनप्रतिनिधि देखि कर्मचारीलाई कार्यसम्पादनमा निकै धौ—धौ परिरहेको छ ।प्रर्याप्त भौतिक संरचना नहुँदा सेवा लिन आउने सेवाग्राहीलाई पनि सास्ती नै छ । यो वृतान्त हो तुलसीपुर उपमहानगरपालिका १३ नं.वडा कार्यालयको ।संघीय संरचना अनुसार स्थानीय तहको स्थापना भएदेखि वडा कार्यालयले यहि साघुँरो भवनबाट आफ्नो सेवा प्रभाव गर्दै आईरहको छ ।
‘भवनको अभावमा निकै साघुँरो ठाउँबाट काम गर्नु पर्ने बाध्यता छ,कर्मचारी(मुखिया) मधु खड्काले भने,नयाँ प्रशासनिक भवन निर्माण पश्चात काममा सहजता हुनेछ।’
विगतमा भवन अभावमा वडा कार्यालयको सेवा प्रवाहमा निकै कठिनाई व्यहोर्नु परेको उनको भनाई छ ।
भौतिक संरचनाको अभावमा वडा कार्यालयले झेल्दै आएको यि समस्याहरु अब भने पार लाग्ने भएका छन ।जसको लागि अहिले वडा कार्यालयको नयाँ पक्की भवन निर्माण भइरहको छ । तुलसीपुर उपमहानगरपालिकाको ६१ लाख रुपैयाँ अनुदानमा उक्त भवन निर्माण हुन लागेको हो ।
वडाध्यक्ष मोहन पौडेलका अनुसार वडा कार्यालयको परिसरमा ६ कोठाको सुविधासम्पन्न भवन निर्माणको काम धमाधम भइरहको छ ।हालसम्म पचास प्रतिशत भवन निर्माणको काम भइसकेको वडाध्यक्ष पौडेलले वताए । ‘उनले भने, भौतिक संरचनाको अभावमा वडा कार्यालयको कार्यसम्पादनमा निकै कठिनाई भइरहेको छ।नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने छ ।’
आउँदो कात्र्तिकसम्म निर्माणको काम गरिसक्नु पर्ने सम्झौता भए पनि त्यस अगावै भवन निर्माणको काम पुरा भइसक्ने वडाध्यक्ष पौडेलले वताए ।
यसै बीच केही समय अघिसम्म पशु चर्ने थलो बनेकोे प्राङ्गणमा वडा कार्यालयले पक्की पर्खाल निर्माण गरेको छ । पर्खाल नहुँदा स्थानीयले प्राङगणमा बस्तुभाउ चराउदै आएका थिए भने वडा कार्यालयका भौतिक संरचनाको संरक्षणमा पनि कठिनाई भइरहेको थियो ।एक सय एकानब्बे मिटर लामो पक्की पर्खाल निर्माण भएदेखि वडा कार्यालयको संरक्षणमा टेवा पुगेको वडाध्यक्ष पौडेलले वताए ।