१७ असार २०८०, आईतवार
दाङ : लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको छ।
असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै एमालेले विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो।
एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए।
अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष ०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका छन्।
उनले बोल्दै गर्दा एमाले सांसदहरू रोष्ट्रम घेराउ गर्न पुगेका थिए। अवरोधका कारण लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ।
बैठक पुन : सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जानकारी दिए।