१९ असार २०८०, मंगलवार
काठमाडौँ :- जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्डबीच आज खेल हुँदैछ ।
नेपाल र आयरल्याण्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस मैदानमा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट शुरु हुनेछ ।
नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो पटक हो । आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक पनि हो ।