२१ असार २०८० बिहीवार
नेपालगञ्जः— बाँकेको जिल्ला कारागारमा रहेका एक कैदीले कारागारमै आत्महत्या गरेका छन् ।
जिल्लाको जानकी गाउँपालिका वडा नं.६ का २३ वर्षिय निरज गुप्ताले बुधबार बिहान करिब पौने पाँच बजेको समयमा शौचालयमा तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् ।शौचालय जान्छु भनी गएका गुप्ता अबेरसम्म नफर्किएपछि हेर्न जाँदा उनि झुण्डिएको अवस्थामा फेला परेको बाँके कारागारका जेलर अर्जुनजंग शाहले जानकारी दिए ।

२०७९ चैत्र २२ गते अदालतले डाँका चोरी मुद्धामा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएका गुप्तालाई प्रहरीले असार ५ गते पक्राउ गरेको थियो । ।गुप्ताको शवलाई पोष्टमार्टमका लागि अहिले भरी अञ्चल अस्पतालमा लगिएको छ । पोष्टमार्टम पश्चात उनको शव परिवारलाई जिम्मा लगाईने जेलर शाहले जानकारी दिए ।
