२२ असार २०८० शुक्रबार
प्रदीप गुप्ता
नेपालगञ्ज:—बाँकेका एक वडाध्यक्ष सडक मिचेर अनधिकृत रुपमा बनाईएका अवैध संरचना हटाउन एक्सनमा उत्रिएका छन् ।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.५ का वडाध्यक्ष शराफत हुसेन शेष वडाक्षेत्र भित्र निर्माण गरिएका अवैध संरचना हटाउन ‘एक्सनमा’ उत्रिएका हुन ।
उनले सडकको दायाँ बायाँ मिचेर अवैध तरिकाले बनाईएका पक्की नाला र सिडी (भ¥याङ) माथि डोजर चलाएका छन् ।त्यस्ता संरचना हटाउन वडाध्यक्ष शेष डोजर लिएर आफै मैदानमा उत्रिएका छन् ।
‘सडकको दुवै छेउमा मापदण्ड विपरीत पक्की नाला र भ¥याङ निर्माण गरिएको छ ,वडाध्यक्ष शेषले भने,—जसको कारणले सडक साघुँरो हुन गई दुर्घटनाको जोखिम बढेको छ। ती सबै अवैध संरचना अब नितान्त हटाउन जरुरी छ ।’
अहिले अवैध संरचना अन्तर्गत सडक मिचेर बनाईएका पक्की नाला,पक्की सिडी र फुटपाटमा व्यापार गर्नका लागि राखिएका संरचनाहरु हटाउन सुरु गरिएको छ ।
अवैध संरचनाका कारण सहज ढल निकासमा समेत बाधा हुने र वर्षायाम भएकाले सम्भावित डुवानलाई मध्यनजर गर्दै त्यस्ता संरचना भत्काउन आफू लागि परेको वडाध्यक्ष शेषले बताए । उनले वडाको विकासका लागि आग्रह पूर्वाग्रह नराखी काम गर्दै जाने वताए ।वडामा मापदण्ड विपरीत निर्माण गरिएको सवै खाले संरचनाहरु एक—एक गर्दै हटाउदै जाने वडाध्यक्ष शेषले वताए ।

‘उनी भन्छन,—वडामा जे जस्ता अवैध संरचनाहरु निर्माण भएका छन् ती सबै क्रमश हटाउदै लगिने छ ।’ फुटपाटमा सामान बिक्री गर्न राखिएका भौतिक संंरचना पनि वडा कार्यालयले हटाउन सुरु गरेको वडाध्यक्ष शेषले बताए ।
उनले कुनै पनि भौतिक संरचना निर्माण गर्दा नक्सा पास गरेर मात्र गर्न वडाबासीलाई आग्रह समेत गरेका छन् । यद्यपीः नक्सा पास वेगर कुनै पनि संरचनाहरु निर्माण गरिएक त्यसलाई वडा सरकारले मान्यता नदिने र ती सबै भत्काइने वडाध्यक्ष शेषले बताए । उनले अटेर गरी जो कसैले मापदण्ड विपरीत अनधिकृत तरिकाले सडकको दाँया बाँया अवैध संरचना खडा गरे कानुनी कारबाही गर्ने वताए ।