२६ असार २०८० मंगलबार
नेपालगञ्ज— बाँकेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कोहलपुर बसपार्क नजिकै ती पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अन्दाजी ६०/६५ वर्षीय पुरुष सोमबार साँझ बसपार्क नजिकै सडक छेउमा मृत अवस्थामा फेला परेका थिए ।
मृतक पुरुष कोहलपुर किरणनाला घर भएका बीरबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।मृतक बुढाको शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भरी अञ्चल अस्पतालमा पठाईएको छ । बुढा पूर्व नेपाल प्रहरी रहेको समेत खुल्न आएको छ । पेन्सन बुझन आएका बुढा साँझ घर फर्किदै गर्दा करिब ५ बजे मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।