२७ असार २०८०, बुधबार
कैलालीः— कैलालीमा यौन व्यवसायमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालक सहित पाँच महिलालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यु वर्षा होटेल सञ्चालक टोप बहादुर खड्का, अछाम होटेलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेलका सञ्चालक भीम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।
पक्राउ परेकाहरु सबैले होटलमा यौन व्यवसाय सञ्चालन गर्दै आईरहेकाले नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
