३१ असार २०८०, आईतवार
काठमाडौं:- माई स्थान समसी सडक खण्डस्थित गौशाला– ४ रजखोर गाउँमा शनिवार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गौशाला नपा ३ का ८० वर्षीय साधु साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
गौशालाबाट इलेक्ट्रिक साइकल चढेर पूर्वतर्फ जाँदै गरेका साह सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००१ त १४९३ नं को ट्र्याक्टरको ट्रेलरको पछिल्लो भागमा ठोक्किएको भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका उनलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।
प्रहरीले ट्र्याक्टर चालक गौशाला नपा १ रामनगरका २९ वर्षीय सञ्जयकुमार महरालाई नियन्त्रणमा लिएको छ।