२ श्रावण २०८०, मंगलवार
चितवन : बाघको आक्रमणबाट ३ जना घाइते भएका छन्। माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट ३ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन्।
निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालेका बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइएको कार्यालयले जनाएको छ। बाघले बेलुकी करिब ५:२० बजे आक्रमण गरेको हो।