श्रावण ७, २०८०
काठमाडौं:-ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए । श्रेष्ठसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । प्रहरीले यसअघि नै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा लगायतलाई पक्राउ गरिसकेको छ ।