१० श्रावण २०८०, बुधबार
दाङ :– देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका -१ नर्तीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा लमही नगरपालिका -१ नर्ती निवासी अन्दाजी ४०/४२ वर्षका सन्तु चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।