१२ श्रावण २०८० शुुक्रबार
दाङ:— दाङको लमहीमा लागु औषध(ब्राउन सुगर) सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना महिला र दुईजना पुरुष रहेका छन् ।
लमही नगरपालिका वडा नम्बर ५ हस्पिटल चोकबाट ६ सय मि.लि. ग्राम लागु औषध (ब्राउन सुगर) सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही नगरपालिका —५ की बालिका सुनार,राउडी नामले चिनिने कुमार गुप्ता र बर्दाघाट नगरपालिका—६ कैलाली सुगरखालका समिर कठरिया रहेका छन् ।
लागुऔषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले जानकारी दिए । उनले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम पहिलो पटकका लागि जिल्ला अदालत,घोराही दाङवाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान प्रकिया अगाडी बढाएको बताए ।