१२ श्रावण २०८० शुक्रबार
बुटवलः—जबरजस्ती करणी गरी भिडियो बनाएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका वडा नं.९ बस्ने बर्ष २४ को आशिष सुनारले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सुनारले बैशाख ५ गते पाल्पा तानसेन नगरपालिका वडा नंं.३ भगवतीटोल स्थित अन्नपूर्ण गार्डेन होटलमा रुपन्देहीकी २५ वर्षीय महिलालाई करकाप पारी डर त्रास देखाएर जबरजस्ती करणी गरेका थिए ।सुनारले करणीसंगै त्यसको भिडियो समेत बनाएका थिए । पटक– पटक फोन तथा म्यासेज गरी सुनारले ती युवतीलाई भेट्न आउन दबाव दिने गरेको र भेट्न नआए भिडियो लिक गरिदिने बारम्बार धम्की दिदै आइरहेका थिए ।
प्रहरीका अनुसार साउन ९ गते बिहान आशिष सुनारले पिडितलाई फोन गरी जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ११ माझगाउँ स्थितमा बोलाई सोही स्थानमा रहेको सानदार होटलमा लगेर जबरजस्ती करणी थिए। शुक्रबार पीडितले जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएसँगै पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई ईलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरी सुनारलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको थियो ।