१३ श्रावण २०८०, शनिबार
चितवनः—राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने दिन टाढा नरहेको बताएका छन् ।
पूर्वी चितवनको राप्ती ८ खुरखुरेमा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै लामिछानेले २०८४ मा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका हुन । वडा ,नगरदेखिनै योग्य मान्छे छानेर उम्मेदवार बनाउनुस,रास्वपा सभापति लामिछानेले भने– केन्द्रमा बहुमत ल्याएर आफ्नै नेतृत्वमा ०८४ सालमा सरकार बनाउनेछु । सपनाको एउटा अध्याय अघिल्लो निर्वाचनले देखाएको छ ,लामिछानेले थपे – २१ जना सांसदले जित्दा त देशभर घण्टीको आवाज सुनिएको छ, दुई तिहाई, बहुमतले घण्टी बजाउंदा कहाँ सम्म सुनिएला ?
आफ्नो पार्टीमा बढीमा दुई कार्यकालको मात्र नीति लिइएको भन्दै पुस्ता हस्तान्तरण गर्दै जाने उनको भनाई थियो । पार्टी भित्र गुटउपगुट नरहेको लामिछानेको दावी थियो । छोटो समयमा ठूलो छालाङ मरेको देख्दा, हामी विरुद्ध भ्रम सृजना गर्न खोजिदैछ,लामिछानेले भने – हामी बीच कुनै बिवाद छैन, गुटउपगुट छैन, तपाईहरु भ्रममा नपर्नुस । रास्वपाले नेपाली जनताको मुद्दालाई स्थापित गर्ने उनले बताए । यो बर्ष योजना बर्ष रहेको भन्दै काम गर्न नसक्ने भनेर भ्रम सृजना गर्न खोजिएको प्रति सचेत बन्न उनले आग्रह गरे ।
यहि देशमा गरि खाने वातावरण रास्वपाले बनाउने लामिछानेले बताए । टीका लगाएर परदेश पठाउनु पर्ने वातावरण अन्त्य गर्छु ,लामिछानेले भने – आशा र भरोसालाई नतोड्नस, बिश्वास टुट्न दिने छैन । सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्र बनाउने दावी गरे । नमुना क्षेत्र बनाउनकै लागि केही योजना बनाएको र आगामी १७ गते सार्वजनिक गर्ने तयारीमा आफू रहेको उनले बताए । इमानको राजनीति गर्छु, परिवर्तनको शाहस बोकेको छु ,लामिछानेले भने – निर्वाचन क्षेत्र नमुना बनाउन, १७ गते केही योजना लागू गर्दैछु ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ का आफ्ना सांसदप्रति गुनासो आएकाले सक्रिय बनाउने लामिछानेको भनाई थियो । यहाँका माननीयको बारे गुनासो आएको मैले सुने–लामिछानेले भने–उहाँलाई सक्रिय बनाउंछु, तपाईहरु पनि सक्रिय हुनुस ।
रास्वपा राप्ती नगर समिति सभापति तिलक कार्कीको अध्यक्षतामा सम्पन्न भेलामा करिब तीन सय जना रास्वपा प्रवेश गरेका थिए । पाटी प्रबेश गर्नेहरुमा ठुला तीन पार्टीमा सक्रिय रहेका युवाहरु बढी थिए ।