प्रदीप गुप्ता
१४ श्रावण २०८० आइतबार
नेपालगञ्ज:—कोहलपुर नगरपालिकाले सहकारी संस्थाबाट ऋृण लिएर नतिर्ने सहकारीका सदस्यहरुलाई कानून बमोजिम कारबाही गर्ने चेतवानी दिएको छ ।
पालिकाले आइतबार सूचना जारी गर्दै ऋृण लिएर भाका नाघिसक्दा समेत नतिर्ने सदस्यहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
सम्बन्धित सहकारी संस्थाले ऋृण फिर्ता गर्न पटक—पटक ताकेता गर्दा पनि सम्पर्कमा नआउने,अटेरी गर्ने र सम्पर्क विहिन हुने जस्ता गैरजिम्मेवार बन्ने प्रवृत्ति बढिरहेको भन्दै पालिकाले यस सम्बन्धमा ध्यानाकर्ष भएको जनाएको छ ।बचतकर्ताको रकम लिएर सम्पर्क विहिन भएका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुलाई
तत्काल ऋणको साँवा र व्याज भुक्तानी गर्न आग्रह गर्दै पालिकाले अन्यथा सबैको नाम सार्वजनिक गर्ने र पालिकाले प्रदान गर्ने सबै सेवा रोक्का गर्ने समेत बताएको छ ।
