१६ श्रावण २०८०, मंगलवार
काठमाडौँ :- मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हाे।
यस्तै बैठकले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निणर्य पनि गरेको छ।
बैठकले दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जन सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बैठकमा लम्किस्किन रोगबाट क्षति बेहोरेका किसानलाई राहत दिने विषयमा पनि छलफल भएको जनाइएको छ।