प्रदीप गुप्ता
१८ श्रावण २०८० बिहीबार
नेपालगञ्जः—नेपालगञ्ज उद्योग वाणिज्य संघको आउँदो भदौ २ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योग व्यवसायि समूहले उम्मेदवारहरुको घोषणा गरेको छ ।बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रजातान्त्रिक समूहले ललित रौनियारको नेतृत्वमा १९ सदस्यीय उम्मेदवारहरुको टुंगो लगाएको हो ।
जस अन्तर्गत उद्योग उपाध्यक्षमा मो.सफिक बेहना,बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ र महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवारमा छनौट भएका छन् ।यसैगरी सहसचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी उम्मेदवार बनेका छन् ।
सदस्यहरुमा शिवप्रसाद हमाल,विवेक कुमार श्रेष्ठ,कैफुल वरा जोलाहा,प्रमोद कुमार अग्रवाल,युवराज ढकाल,सुनिल भण्डारी,पदम श्रेष्ठ,अतुल कुमार गुप्ता र बलबहादुर विष्टलाई साझा प्रजातान्त्रिक उद्योग व्यवसायि समूहले अघि सारेको छ । एसोसिएट सदस्यमा भने प्रदीप कुमार गुप्ता र पुरुषोत्तम अग्रवाललाई उम्मेदवारमा चयन गरिएको छ ।
साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समूहका सचिवालय संयोजक एंव नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव विष्णु प्रसाद लामिछानेले उम्मेदवारको घोषणा गर्दै उद्योग वाणिज्य संघको गरिमा बढाउन र खस्कदो व्यापार घाटालाई लयमा फर्काउन रौनियार नेतृत्वको उम्मेदवारहरुलाई सहयोग गर्न सबै उद्योगी व्यवसायीलाई आग्रह गरे ।लामिछानेले अहिले व्यवसायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने ल्याकत रौनियारको नेतृत्वमा उठाइएका उम्मेदवारसंग मात्र भएको दाबी गर्दै आफूहरु सधै व्यवसायिको साथमा रहने बताए ।
प्रमुख अतिथि नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना ले देशको खस्कदो अर्थतन्त्र र बिग्रदो व्यापार घाटालाई सहि ट्रयाकमा ल्याउन व्यवसायिको महत्वपूर्ण भूमिका हुने भन्दै सहि उम्मेदवारको पहिचान गरी निर्वाचनमा मतदान गर्न त्यस क्षेत्रका उद्योग व्यवसायिलाई आग्रह गरे । उनले नेपालगञ्ज नेपालकै महत्वपूर्ण औद्योगी क्षेत्रको रुपमा विकसित हुदै गइरहेको परिप्रेक्ष्यमा यहाँका उद्योग व्यवसायिका समस्याहरु समाधान गर्ने तर्फ अब आउने नेतृत्व लाग्नु पर्ने बताए ।