१९ श्रावण २०८० शुक्रबार
दाङः— दाजुको फुला (अस्तु)सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका—१२ कौवापुर निवासी लोकेन्द्र भुसाललाई नारायणी नदीमा वेपत्ता भएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका—१२ कौवापुर निवासी रेमन्त बस्नेतको मोक्ष प्राप्तिका लागि देवघाट फुला सेलाउन भुसाललाई नारायणी नदीले बगाउदा वेपत्ता भएका हुन ।
रेमन्त बस्नेतका फुपूका छोरा ३२ वर्षिय भुसाललाई नारायणी नदीले शुक्रबार बिहान करिब ८ बजेतिर बगाएको चिवतन प्रहरीलाई उद्धत गर्दै पारिवारीक स्रोतले जानकारी दिएको छ । वेपत्ता भुसालको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।
तुलसीपुर उपममहानगरपालिका१२ रझेनामा साउन १५ गते बेलुका ८ बजेतिर मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा गम्भीर घाइते भएका रेमन्त बस्नेतको उपचारका क्रममा गत बुधबार दिउँसो साढे २ बजेतिर भारतको लखनऊमा निधन भएको थियो ।