प्रदीप गुप्ता
२० श्रावण २०८० शनिबार
नेपालगञ्ज—राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकेको कोहलपुरमा आफ्नो आधिकारीक कार्यालय स्थापना गरेको छ ।कार्यालयको शनिबार बिधिबत रुपमा उद्धघाटन समेत गरिएको छ ।कोहलपुर नगरपालिका वडा नम्बर —११ फुलबारी टोलमा पार्टीको कार्यालय स्थापना गरिएको हो ।
पार्टी कार्यालयको उद्घाटन लुम्बिनी प्रदेशका महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी आम जनताको भरोसाको केन्द्र बन्दै गइरहेको बताए ।
उनले जनतालाई विकास र परिवर्तनको प्रत्याभूति दिलाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढेको बताए ।
महामन्त्री अधिकारीले कुरा भन्दा काम गर्नु पर्ने बेला आएको भन्दै आफ्नो पार्टीले जनतालाई परिवर्तनको आभास हुने गरी काम गर्ने समेत बताए ।उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भरत पनेरुले पार्टीको संरचना, सदस्यता पाउने योग्यता,क्षमता र पार्टीका विभन्नि विभागका बारेमा चर्चा गरेका थिए ।