२१ श्रावण २०८०, आईतवार
काठमाडौं:- अत्याधिक वर्षाका कारण आएको पहिरोका कारण गएराति काठमाडौको तारकेश्वर नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।
बालाजु प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा खसेको पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको हो ।
रातिको समयमा आएको पहिरोले गणेश तामाङको घर पुरिएको हो । सो क्रममा ४१ वर्षका गणेश र उनकी १५ वर्षकी छोरी आसमाको मृत्यु भएको हो ।
त्यस्तै पहिरोमा परि गणेशकी श्रीमती सन्जु तामाङ भने घाइते भएकी छन् । उनको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । त्यस्तै उनका छोरा भने सकुशल रहेको प्रहरीले बताएको छ ।