श्रावण २२, २०८०
दाङ:- पहिरोका कारण दाङको घोराही-लमही सडक खण्ड अवरुद्ध भएको छ ।
लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए । गत वर्ष असोजमा पनि सोही स्थानमा ठूलो पहिरो झरेको थियो ।
यसपालि पनि पानी पर्दा यस स्थानमा पहिरो झर्दै आएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले डोजरसहित सुरक्षाकर्मीहरु पहिरो हटाउन खटिएका छन् ।