अरुण कुमार नेपाली
२३ श्रावण २०८० मंगलबार
दाङ—दाङको देउखुरीमा एक वृद्ध वेपत्ता भएका छन ।राजपुर गाउँपालिका वडा नंं—७ भित्री सिक्टाका वर्ष ७६ का इन्दबहादुर भण्डारी वेपत्ता भएको वडाध्यक्ष पुष्कर वलीले जानकारी दिए ।
सोमबार (हिजो) साझ करिब साढे ६ बजे सिक्टादेखि भित्री सिक्टा आफ्नो घर जादै गर्दा भण्डारी वेपत्ता भएको वडाध्यक्ष वलीले जानकारी दिए ।भण्डारीलाई सोही ठाउँको सिक्का खोलाले बगाएको हुन सक्ने आशंका गरिएको ।
आफन्ती सबैलाई सोधपुछ गर्दा समेत उनको अवस्था अझै अज्ञात रहेको बताईएको छ । भण्डारीको अहिले स्थानीय बासिन्दा सहित वडाका जनप्रतिनिधीहरुले खोजी कार्य गरिरहेको वडाध्यक्ष वलीले जानकारी दिए ।