बुटवलः— पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा। बाबुराम भट्टराईले भ्रष्टार सम्बन्धी मुद्दाहरुको छानविनका लागि उच्च स्तरीय आयोग गठन गर्नु पर्ने बताएका छन् ।शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले देशको प्रमुख कार्यकारी माथि नै प्रश्न उठेको सन्दर्भमा निस्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्न आवश्यकता रहेको बताएका हुन ।
अध्यक्ष भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउँदै उनले संरचनागत ढङ्गलेनै जानू पर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे । ‘अहिले प्रकान्तरले छानविनका कुरा आएका हुन् । उहाँहरु निल्नू न ओकल्नुमा हुनुहुन्छ ।’(भट्टराईले अघि भने, उहाहरु नडराउनु भए हुन्थ्यो, म त भ्रष्टारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु । माथिदेखिनै अनुसन्धानलाई अघि बढाउनु पर्ने बताउँदै उनले विगतका आयोग जस्तो नभई बलियो र निस्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताए ।
संसदमा नेकपा एमालेले उच्च स्तरीय छानवि समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढङ्गले ठिक भएको बताउँदै उनले भने(‘सबैलाई छानविन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’ यसैगरी ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानविन गर्नु पर्ने आदेशको प्रसँगमा उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताए । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन ।’–भट्टराईले भने, वयान दिन म तयार छु । उनले उच्चस्तरीय छानविनको ढोका खुल्छ भने सबै खाले सहयोग गर्न आफू तयार नै रहने उल्लेख गरे ।
अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूराभएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए । मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औल्याउँदै सोही अनुसार नेसपा अघि बढेको बताए । नयाँ राजनैतिक दलहरुप्रति इङ्गित गर्दै डा। भट्टराईले स्पष्ट विचार विना वैकल्पिक शक्ति नबन्ने उल्लेख गरे । ‘ती शक्तिहरुबाट क्षणिक लाभ होला दिर्घकालिन जाँदैन’ उनले भने ।