१ भदौ २०८० शुक्रबार
दाङ। दाङको तुलसीपुर बसपार्कमा महिलाको तिलहरी लुटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सल्यानबाट आफन्त भेट्न दाङ आएकी निर्मला खत्रीको तिलहरी लुट्ने तुलसीपुर उपमहानगरपालिका–१८ का नवीन सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
निर्मलालाई आफन्तको घरसम्म पुर्याइ दिने भन्दै नवीनले मोटरसाइकलमा राखेर केही पर लगेर तिलहरी लुटेका थिए । महिला चिच्याएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । डीएसपी मल्लका अनुसार बसपार्क चौकी इञ्चार्ज असई सन्तोष आचार्यको टोलीले नवीनलाई हिजो पक्राउ गरेका हो ।