५ भाद्र २०८०, मंगलवार
दाङ:- जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका ४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीले २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हिजो सोमबार प्रहरीले पक्राउ गरेको छ ।
डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।