१३ भाद्र २०८०, बुधबार
काठमाडौं:- पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा जारी एसिया कपकाे उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको विशाल लक्ष्य दिएको छ ।
पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानका तर्फबाट कप्तान बाबर अजाम र इफ्तिखार अहमद चम्किएसँगै जितका लागि नेपालले विशाल लक्ष्य पाएको हो ।
सुरुवाती चरणको खेलमा नेपाललले उत्कृष्ट बलिङ गरे पनि पछि विस्तारै खस्किन पुग्यो । खेलको सुरुवात चरणमा कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएक थिए। त्यसअघि नेपालका करण केसीले पहिलो विकेट लिए।
यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्न सफल भएको थियो । उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए भने चौथो विकेट सन्दीप लामिछानले लिए। सन्दीपले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।
त्यसपछि नेपालले ४९.४ ओभरमा कप्तान बाबरलाई आउट गर्यो । उनलाई सोमपालले आउट गरे भने अन्तिम बल ४९.५ ओभरमा सोमपालले सदाबलाई आउट गराए । सलमान आउट भएसँगै खेल मैदानमा प्रवेश गरेका इफ्तिखार र बाबरले उत्कृष्ट ब्याटिङ गरेर नेपाललाई जितका लागि विशाल लक्ष्य दिन सफल भए ।