२५ भदौ२०८० सोमबार
नेपालगन्ज — लागुऔषध व्यूरो नेपालगञ्जको टोलीले लागूऔषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङ घोराही—११ का २५ वर्षिय सन्जय नेपाली,बाँके कोहलपुर नगरपालिका वडा नं.—६ का १७ वर्षिय विनय अर्याल,कोहलपुर—३ का १६ वर्षिय तेज बहादुर थापा र सर्खुेत—५ बस्ने वर्ष ३४ का विजय नेपालीलाई पक्राउ गरिएको हो ।
लागूऔषध ब्यूरोको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथमा लागूऔषध फेला पारेको बताइएको छ ।पक्राउ परेका चार जना मध्ये दाङ घोराहीका सन्जय नेपालीलाई नेपागञ्जको जमुनाहा नाकाबाट प्रक्राउ गरिएको थियो ।
लागु औषध व्यूरो नियन्त्रण शाखा नेपालगञ्जबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालीले जुत्तामा लुकाएको अवस्थामा ५० ग्राम लागूऔषध ब्राउन सुगर फेला पारेको थियो । त्यस्तै कोहलपुर पुरानो बसपार्कबाट पक्राउ परेका अन्य तीन जनाको साथबाट ७ ग्राम लागूऔषध फेला परेको थियो ।पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।