लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले एक विज्ञप्ति जारी गर्दै थारु बाहुल्य तीन जिल्लामा अट्वारीको पर्व दिन सार्वजनिक विदा दिइएको जानकारी दिएको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो । चैत १७ को निर्णय अनुसार विदा दिईएको अधिकृत माधव शर्माले सूचना जारी गरी जानकारी दिए ।