३० भदौ २०८० शनिबार
सल्यानः—सल्यानमा खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आमाछोरीको मृत्यु भएको खबर प्राप्त भएको छ ।
शनिबार बिहान जिल्लाको त्रिवेणी गाउँपालिका वडा २ काँरागीठी ढालेढुङ्गा टोलमा बस्ने आमा अन्दाजी ३० बर्षिया रेवती थापा र अन्दाजी ९ वर्षीया छोरी रितु थापाको मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष हस्त बहादुर राम्जाले जानकारी दिए ।
घटना स्थलमा काभ्राको प्रहरी पुगि सकेको र इलाका प्रहरी कार्यालय लुहामको टोली भने घटना स्थल पुग्न लागेको प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिनु भयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।