५ असोज २०८० शुक्रबार
दाङः—दाङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन ।घाइते हुनेमा तुलसीपुर १३ बखरियाका ३४ वर्षीय रणदेब बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए । प्रहरी निरीक्षक केसीका अनुसार तुलसीपुरको वसपार्क स्थित हिमालय होटल नजिकै सामान्य विवाद हुँदा तुलसीपुर १० राइखल्यानका २८ वर्षीय राममणी चौधरीले केसी माथि खुकुरी प्रहार गरेका हुन ।
घटनाको जानकारी पाए लगत्तै प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो ।घटना गएराती करिब १२ बजे भएको थियो ।खुकरी प्रहारबाट केसीको हातमा गहिरो चोट लागेको छ । घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । खुकुरी प्रहार गर्ने चौधरीलाई भने प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।