५ असोज २०८० शुक्रबार
काठमाडौं :- सरकार र आन्दोलनरत शिक्षकबीच भएको वार्ता सहमतिमा टुंगिएको छ। शिक्षकहरूले उठाएका मागका सम्बन्धमा संसद्बाटै पूरा गर्ने गरी सहमति भएको गृह मन्त्रालयले जनाएको छ।
सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कर्यक्रमसमेत फिर्ता लिएका छन्। यसअघि सरकारका तर्फबाट वार्ता टोलीले सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेको थियो। सोही प्रस्तावमा केन्द्रीत रहेर सहमति भएको मन्त्रालयले जनाएको छ।
सहमतिसँगै विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गरिने भएको छ। संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउने सहमति भएको हो।
अहिले ड्राफ्ट फाइनल हुने चरणमै रहेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।