९ आश्विन २०८०, मंगलवार
दाङ—लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराउनु भएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराएका हुन ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैँया उपलब्ध गराएका हुन । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए । उनीहरु प्रत्येक बर्ष तिज, दशै तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस अबसरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न समेत आग्रह गरेका थिए ।