२५ आश्विन २०८०, बिहीबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो बोहक अन्य राजनीतिक दलमा अझै पनि राणा शासन कायम रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा सभापति लामिछाने दलका शीर्ष नेताले आफ्ना नजिकका मान्छेलाई नेतृत्वमा तान्ने प्रवृतिलाई राणा शासनको संज्ञा दिएका हुन् ।
लामिछानेले भने, ‘शेरबहादुर देउवाजीलाई चिनेपछि कांग्रेसमा चिट्ठा लाग्दैन र ? ओलीजीलाई चिनेपछि एमालेमा चिट्ठा पर्दैन र ? प्रचण्डजीको नजिक हुन पाइयो भने त्यहाँ चिट्ठा लाग्दैन र ? तर रवि लामिछानेलाई चिनेर चाहिँ केही पनि हुँदैन ।’
यसरी आफू निकटलाई पार्टीमा अवसर दिनु राणा शासनमा शासकले चाकडी गर्नेलाई जग्गा बिर्तामा दिनु सरह रहेको उनको बुझाइ ।
आफू नेतृत्व रहेको रास्वपामा यस्तो राणा शासनलाई पार्टीको डकुमेन्टमा अन्त्य गरेको उनको दाबी छ ।