१३ कात्तिक २०८० सोमबार
दाङ—मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दाङका एक व्यक्ति फरार भएका छन ।
केहीदिन अघि मोबाइल चोरीको आरोपमा पक्राउ परेका दाङ घोराहीका विवेक नेपाली स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेका हुन्।शौचालय जान्छु भनेका नेपाली भागेपछि उनको अहिले खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
नेपालीलाई खोज्न अहिले घोराहीमा व्यापक प्रहरी परिचालन गरिएको एसपी केसीले बताए।