२४ मंसिर २०८०, आईतवार
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। उनले मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए पनि स्वीकृत भइसकेको छैन।
प्रधानमन्त्री प्रचण्डले गजुरेललाई २०७९ माघ ९ गते मन्त्रीसरह सेवासुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए।
गजुरेल नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तुष्ट रहँदै आएका थिए। प्रमुख सल्लाहकार भए पनि कुनै भूमिका नदिइएपछि उनको असन्तुष्टि अझै बढेको थियो।