०६ पौष २०८०,शुक्रबार
नेपालगञ्ज—सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार लुम्बिनी प्रदेश स्थित नेपालगञ्ज शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी,सेवाग्राही र स्थानीय गरी ४४ जनाले रक्तदान गरेका थिए ।
अस्पतालहरुमा अझै पनि ठुलो मात्रामा रगतको आपूर्तिको आवश्यकता रहेको र रगत अभावलाई केही हदसम्म कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा देशका अन्य प्रदेशहरुमा पनि रक्तदान कार्यक्रम गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म सहज बैंकिङ् सेवाको पहँच पु¥याउने उद्देश्यका साथ स्थापना भएको सिद्धार्थ बैंकले हाल देशैभरका १९६ वटा शाखा ५एक्सटेन्सन् काउण्टर ७३ शाखा रहित बैंकिङ्ग सेवा र २२६ एटिएम सुविधा सहित ग्राहकहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।