२३ पुस २०८० सोमबार
दाङ—राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि लागि लुम्बिनी प्रदेशबाट चार जनाले झक्कु सुवेदीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।उम्मेदवारी मनोनयन दर्ता गराउनेहरुमा माओवादीको तर्फबाट रोल्पाका झग्गु प्रसाद सुवेदी रहेका छन । उनले अन्यबाट लुम्बिनी प्रदेशदेखि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा तथा एमालेबाट दाङकी तुलसा कुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
लुुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।