२६ पौष २०८० बिहीबार
तुलसीपुर । तुलसीपुरमा एक पुरुषको शव फेला परेको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ उरहरी चौक देखि २ सय मिटर तल सडक छेउमा शव भेटिएको जसपुर प्रहरी चौकिको ईन्चार्ज विर बहादुर भण्डारीले जानकारी दिए ।शवको अझै पहिचान हुन सकेको छैैन ।
ती पुरुषको केहि दिन अघि नै मृत्यु भएको जस्तो हुन सक्ने प्रहरीको अनुमान छ । मृतक व्यक्ति को हुन र उनको कसरी मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।