२७ पौष २०८० शुक्रबार
दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।बसमा करिब ३७ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।