३ माघ २०८० बुधबार
दाङ । दाङको तुलसीपुरमा एक पुरुष र एक महिला एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । तुलसीपुर १३ को बखरिया जंगलमा बुधबार अपरान्ह ४ बजेतिर उनीहरु एउटै रुखमा झुण्डिएको अबस्थामा फेला परेको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन।
मृत फेला पर्नेमा तुलसीपुर ३ का तुलसीराम घर्ती र सोही ठाउँ निवासी अन्दाजी ३४र३५ वर्षीय वसन्ती थापा रहेको उनले बताए । प्रहरीका अनुसार उनीहरु नाताले माइजु भान्जा रहेको खुल्न आएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेको र मृतकका आफन्ती आउदै गरेकाले शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।