४ माघ २०८० बिहीबार
दाङ । दाङमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका —१६ डोग्रेनाका ५० वर्षीय आशाराम चौधरी बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चौधरी तुलसीपुर १० टरिगाउँ स्थित तरुण सामुदायिक वनको रुखमा गल्बन्दीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नवचन्द मल्लले जानकारी दिए।
चौधरीलाई रुखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।हिजो मात्रै तुलसीपुर १३ मा एक पुरुष र महिला झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।