४ माघ २०८० बिहीबार
दाङ–दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न उस्काएको आरोपमा मतियार सहित तीन जना पक्राउ परेका छन् । राजपुर गाउँपालिका–७ सिक्टा निवासी ४३ वर्षीय सुकबिर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षका दुई जना बालकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्ले जानकारी दिए ।
सुकबिरले चार जना बालकलाई ती बालिकालाई जबरजस्ती करणी गर्न उस्काएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाईएको छ भने सुकबिर कुमाल र अन्य २ जनालाइ जिल्ला अदालत दाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटना पुस २२ गतेको हो ।
प्रहरीमा बालिकाको परिवारको तर्फबाट उजुरी परेपछी संलग्नहरुको पहिचान गरेर नियन्त्रणमा लिइएको र अहिले अनुसन्धानको काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।‘घटना अनुसन्धानको क्रममा छ । ईलाका प्रहरी कार्यालय गढवामा मुद्धा छ । अदालतमा म्याद थप गरेर अनुसन्धानको काम अघि बढेको छ’मल्लले भने,‘दोषी देखिएकाहरु माथी कानुनी कारबाही हुन्छ ।’