असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा सहभागी हुन युगान्डामा छन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ। आजै प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्ने कार्यतालिका छ।
आजै प्रधानमन्त्री प्रचण्डले युगान्डामा रहेका नेपालीहरूसँग भेट गरेका थिए। सो कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कँडेलका अनुसार युगान्डामा तीन सय ५० जनाभन्दा बढी नेपाली छन्।
कँडेलले विगत ३० वर्षदेखि नेपालीहरूले युगान्डाको विकास निर्माण र व्यापार–व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगान्डामा रहेका नेपालीहरूको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।