
काठमाडौ- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)लाइ १० लाख रुपैँया सहयोग गरेकाे छ ।
टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरेकाे हाे ।
एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै नेपालमा खेलाडी बन्ने रहर भएतापनि व्यवस्थापन गर्नुपर्ने विडम्बना भएकाले एनआरएनएले केही मात्रमा क्रिकेटमा सहयाेग गरेकाे बताउनुभयाे ।
कार्यक्रममा एनआरएनए युवा उपाध्यक्ष एवं खेलकुद प्रतिष्ठानका रोशनकुमार थापाले नेपाली मात्रै एकजुट भइ सस्टिनेबल पूर्वाधार बनाउन याेजना बनाएमा एनआरएनएले हाम्रो हरेक खालको सहयोग गर्न तयार रहेकाे बताउनुभयाे ।
एनआरएन सचिव पारसमणी पोखरेलले ५० हजार नेपाली नागरिक बस्ने टेक्सासमा आगामि जुन ४ मा हुने नेपाल र नेदरल्याण्डको खेलमा अहिलेसम्मकै बढी नेपाली दर्शककाे बलियाे उपस्थित गराउने बताउनुभयाे ।
अर्का सचिव स्वतन्त्रप्रताप शाहले राष्ट्रिय टिमले विदेशमा बस्ने नेपालीलाई गर्व गर्ने वातावरण बनाएको भन्दै आगामी खेलेमा टिमलाई एनआरएनएको निरन्तर साथ हुने बताउनुभयाे । ।
एनआरएनए आइसीसी सदस्य हेमन्त काफ्लेले खेलाडीले मुलुक चिनाउने काम गर्ने हुँदा मुलुक चिनाउने अभियानमा एनआरएनएले क्यानसंग हातेमालो गर्न पाउनु गौरवको कुरा रहेकाे बताउनुभयाे ।
कार्यक्रममा बोल्दै क्यानका सचिव एवं पूर्वकप्तान पारस खड्काले नेपाल विश्वकपमा छनोट भइसकेपछि धेरैले क्यानसँग जोडिन खोजेको भन्दै नेपाली क्रिकेटमा गैरआवासीय नेपालीको साथको आवश्यकता निरन्तर रहेको बताउनुभयाे ।
।बिना लगानी वा थोरै लगानीमा यो स्थितिसम्म आइपुगेको भन्दै उनले क्रिकेटको संरचना पनि विकास हुन थालेको बताउनु हुँदै खड्काले राष्ट्रिय क्रिकेटमात्र होइन जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्ने बताउनुभयाे ।
पूर्वकप्तान विनोद दासले क्रिकेटका उल्लेख्य फ्यान रहेकाेमा पूर्वाधारमा नै ध्यान दिन नसक्नु कमजाेरी भइरहेकाे बताउनुभयाे ।
क्यानका कार्यकारी सदस्य सुदीप शर्माले एनआरएनले गरेको सुरुवात स्वागतयोग्य रहेको र भोलिका दिनमा पूर्वाधार विकास र खेलाडीलाई अघि बढ्न मद्दत पुग्ने बताउनुभयाे ।कार्यक्रममा क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदिप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो ।।