
बाँकेको जानकी गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी गाउँपालिका वडा नम्वर–३ मानपुर स्थित श्री कन्या आधारभुत विध्यालय मानपुरको खेल मैदानमा प्रथम अध्यक्ष कप प्रतियोगितायही माघ ४ गतेदेखि सुरु भई आईतवार सम्पन्न भएको हो ।।
प्रतियोगितामा मानपुर स्पोर्टस क्लबले उपाधि जितेको छ । जितसँगै मानपुर स्पोर्ट्सले ५० हजार पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने गिजरा वारियर्स क्लबले २५ हजार पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले खेलाडीहरुलाई आज जुन तरिकाले खेल प्रदर्शन गर्नुभएको छ त्यही तरिकाले जिल्ला ,प्रदेश र संघमा खेल खेलेर जित्नु पर्छ , जानकी गाउँपालिकाको नाम राख्नुपर्छ त्यसको लागी पालिकाबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने पालिका अध्यक्ष छब्बन खाँले प्रतिबद्दता व्यक्त गरे ।
त्यसैगरेर सामाजिक विकास समितीका सम्यजोक राम आचल धोवीले विजेता र उप विजेता दुवै टिमलाई बधाई दिदैँ अनुशासनमा रही खेल खेल्नुपर्ने बताए ।खेल खेल्दै गर्दा आज खेलाडीहरुबाट अनुशासनको अलिकति खल्लो महसुस भएको आफुले महसुस गरेको बताउँदै आउने दिनहरुमा खेलाडीहरुले खेलमा अपनाउनुपर्ने सबै नियमहरु पालना गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै कार्यपालिका सदस्य राजेन्द्र सिँहले आफु टाईगन्टुको व्ल्याकबेल्ट खेलाडी पनि भएको नाताले खेललाई धेरै नै माया गर्ने आफनो धारणा राखे ।कुनैपनि खेलमा एउटा आचारसहिँता हून्छ र त्यो सबैले पालना गरेर खेलेमा त्यसको महत्व हुने अन्यथा जति प्रतिभावान खेलाडी भएतापनि त्यसको महत्व नहुने उनले दावी गर्छन ।
प्रतियोगिताको समापन कार्यक्रममा शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भन्डारीले पनि धारणा राखेकी थिईन । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष राजकुमार कुर्मी , पालिकाका कर्मचारीहरु ,विभिन्न राजनितिक दलका प्रतिनिधीहरुका साथै स्थानियहरुको समेत उपस्थिती रहेको थियो भने साविक नेरा प्रा वि मानपुरका सँस्थापक अध्यक्ष स्वर्गिय नगेन्द्र वहादुर कर्माचार्यका छोरा नवजित कर्माचार्यले आजको फाईनल खेलका खेलाडीहरुलाई ५००० हजार सम्म नगद पुरस्कारले सम्मान गरेका थिए । त्यस्तै कार्यपालिका सदस्य राजेन्द्र सिँहले पनि फाईनलका केही खेलाडीलाई नगद पुरस्कार प्रदान गरेका थिए