०८ माघ २०८० सोमबार
दाङ । चिसो बढेपछि लमही नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको छ ।केही दिन देखि अत्यधिक बढेको चिसोका कारण जनजीवन कष्टकर बन्दै गइरहेको स्थितिलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै माघ ९ गतेदेखि १२ गतेसम्म विद्यालय बन्द गरिएको जनाएको छ ।केही दिन यता शीतलहरसंगै चिसो हावा चल्ने गरेका कारण जनजीवन कष्टकर बनेको छ ।
