
माघ 12 नेपालगन्ज। बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले एनआरएनएले सातवटै प्रदेशमा एक-एकवटा रगत संकलन बस वितरण गर्ने योजना अनुरुप बाँके रेडक्रसलाई बस हस्तान्तरण गरिएको संघका अध्यक्ष डा. बद्री केसीले बताए ।
हालसम्म देशका पाँच वटा प्रदेशमा रेडक्रसमार्फत घुम्ती बस हस्तान्तरण गरिएको र बाँकी दुईवटा प्रदेशमा पनि छिट्टै घुम्ती बस हस्तान्तरण गरिने योजना रहेको उनले बताए । उनले नेपालको विकास र समृद्धिका लागि महासंघले हातेमालो गरेर अगाडि बढी रहेको बताए ।
बाँकेमा रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र रेडक्रस बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनालाई बसको चाँबी हस्तान्तरण गर्नुभएको थियो । बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त संकलन घुम्ती बस सेवा संचालन गरेको छ।

अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक प्रमुख राईले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गर्नुभयो । उहाँले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न सहज हुने विश्वास व्यक्त गर्नु भएको छ।