
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भएका बखत लेखक ई जीन क्यारोललाई बदनाम गरेको ठहर गर्दै अदालतले ८ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
मानहानी सम्बन्धी मुद्दाका निर्णायकले लेखक क्यारोललाई भावनात्मक रुपमा क्षति पुर्याए बापत १ करोड ८० लाख ३० हजार डलर र उनको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै ६ करोड ५० लाख क्षतिपूर्तिको फैसला सुनाइएको हो ।
अदालतको फैसलालाई लेखक क्यारोलले महिलालाई होच्याउन खोज्ने ट्रम्मको बदमासीका लागि ठूलो हार भएको प्रतिक्रिया दिएकी छन् । तर पूर्व राष्ट्रपति ट्रम्पले भने फैसलालाई हास्यास्पद भनेका छन् ।
ट्रम्प बहसका लागि अदालतमा उपस्थित भए पनि फैसला सुनाउने बेलामा अदालतबाट बाहिरी सकेका थिए ।।