
नेपालगंज उपमहानगरपालिका-१८ स्थित माइक्रोबसले ठक्करदिँदा जिल्ला प्रहरी कर्यालय बाँकेमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ।
नेपालगञ्ज सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।
उक्त ठक्करबाट मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका-८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई नेपालगन्ज मेडिकल कलेजमा लागिएको थियो । उपचार को क्रममा उनको मृत्यु भएको हो । माईक्रोबस चालक घटना स्थलबाट फरार भएका उनलाई प्रहरीले राती नै नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जानकारी दिएको छ।