
माघ१७ गुल्मी :जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार सिल गरिएका दुई आर्युवेद औषधी पसलको थप छानबिन गर्न प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको छ ।
समितिले १९ माघसम्म अवस्थाको सत्य तथ्य बुझेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छन् । समितिका सदस्यहरुमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डा. सुरज पाण्डे, रेसुंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरी छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा संचालित दुई आर्युवेद औषधी पसमा सिल गरेको छ । कानुनविपरीत रमेश अधिकारीले संचालन गरेको सम्पन्न आर्युवेद औषधी पसल र श्रीमती कमला पाण्डेयले संचालन सफल होमियोप्याथिक औषधी पसलमा सिल गरेको हो ।
स्थानीय स्तरबाट प्रशासनमा व्यापक जनगुनासो आएपछि प्रशासकीय अधिकृत नारायण घर्ती नेतृत्वको टोलीले दुई पसलहरुको छानविन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा संचालित दुई आर्युवेद औषधी पसमा सिल गरेको छ । कानुनविपरीत रमेश अधिकारीले संचालन गरेको सम्पन्न आर्युवेद औषधी पसल र श्रीमती कमला पाण्डेयले संचालन सफल होमियोप्याथिक औषधी पसलमा सिल गरेको हो ।
स्थानीय स्तरबाट प्रशासनमा व्यापक जनगुनासो आएपछि प्रशासकीय अधिकृत नारायण घर्ती नेतृत्वको टोलीले दुई पसलहरुको छानविन गरेको थियो ।
अनुगमन टोलीका अनुसार दुई पसललाई आर्युवेद तथा होमियोप्याथिक औषधीको खुद्रा बिक्री वितरण गर्ने अनुमति मात्रै रहेको छ । तर, अनुमतिबिना ऐलोपेथिक औषधीहरु बिक्री वितरण गरेको, एक्सरे तथा भिडियो एक्सरे सेवा, फिजियोथेरापी सेवा, नेबुलाइजर सेवा प्रवाह गरिएको छ ।

साथै, भर्ना गरेर स्लाइन चढाउने तथा चिकित्सकको परामर्शबिना ल्याब र रेफर गर्ने गरेको पाइएको अनुगमन टोलीमा रहेका आर्युवेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डेयले जानकारी दिए ।
प्रशासनको टोलीले रेसुंगा नगरपालिका– ९ मा रहेका गोदाम, एक्सरे मेसिन, भिडियो एक्सरे र फिजियोथेरापी कक्षमा ताला लगाएर सिल गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शर्माले स्थानीय जनगुनासोपछि पुगेको अनुगमन टोलीले कानुनविपरीतका काम देखेपछि पसलहरुमा सिल गरेको बताए । उनले अहिले पसल सिल मात्रै गरेकाले समितिले अनुसन्धान गरेर गल्ती भेटिए कानुनअनुसार कारबाही अगाडी बढाउने बताए ।

शर्माले आफूहरुको कुनै स्वार्थ नभएको र नागरिकको स्वास्थ्य संवेदनशिलतासँगको विषय भएकाले कसैको दबाब र प्रभावमा आफू ब्याक नहुने प्रतिबद्धता जनाए ।
सम्पन्न आर्युवेद औषधी पसलका संचालक रमेश अधिकारीले मान्छेहरुले अरु बनेको देख्न नचाहेका कारण अहिलेको अवस्था आएको प्रतिक्रिया दिए । उनले डाक्टरसहित नै ठूलो रकम खर्च गरेर क्लिनिक संचालन गर्ने योजना भए पनि प्रगति देख्न नसक्नेहरुले बिचमै रोक्न अनेक हत्कण्डा गरेको आरोप लगाए ।
‘डाक्टर जीवन थनेटकै सल्लाहमा सामग्री खरिद र व्यवस्थापनअगाडि बढाएका थियौँ । उहाँ विदेश गएपछि सेवा निरन्तरताको प्रबन्ध र व्यवस्थापकीय काममै छौँ,’ उनले भने, ‘करिव चार करोड रुपैयाँ लगानी गरेपछि ममाथि आक्रमण भयो ।’
उनले आफूले उपचारनै नगरेको बिरामीको मृत्युको कारण समेत आफूलाई देखाइएको गुनासो गरे ।
